कीर्तिपुरलाई झमेला

काठमाडौं , फाल्गुन १३ - ऐतिहासिक विषयवस्तुमा आधारित 'कीर्तिपुर' ले लामो समयदेखि सेन्सर झमेला बोहोर्नुपरेको छ।तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दाको समयलाई पटकथामा बुनिएको उक्त फिल्मलाई बिनाकारण सेन्सरले अडाएको फिल्म पक्षधरले आरोप लगाएका छन्। सेन्सर बोर्डमा तीन महिनाअघि नै फिल्मलाई जाँचपासका लागि लगिए पनि बोर्डले प्रदर्शनका लागि प्रमाणपत्र दिन आनाकानी गरिरहेको निर्माताको गुनासो छ।
फिल्मका निर्देशक प्रदीप खड्गीले भने फिल्म निर्माणको सर्वमान्य सिद्धान्त अनुरूप सन्तुलित भएको दाबी गर्छन्। उनले पञ्चायतकालीन सहायक अञ्चलाधीश स्व. वासु पासाद्वारा रचित 'भैरवसिंह' नामक ऐतिहासिक उपन्यासमा आधारित भई फिल्मको पटकथा लेखिएको दाबी गर्दै भने, 'साहित्यको आधारमा बनाइएको फिल्मले कसरी इतिहास बंग्याउन सक्छ?' निर्देशक खड्गीको भनाइले पनि सेन्सरले फिल्मको कथावस्तुमा आपत्ति जनाएको मान्न सकिन्छ।
फिल्मलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरू सुरुआतमै राखिएको बताइएको छ। 'यदि कथावस्तुमा समस्या हो भने स्त्रिmप्ट दर्ता भएको अवस्थामा चलचित्र विकास बोर्डले भन्नुपथ्र्यो,' फिल्मका कार्यकारी निर्माता वीरेन्द्र ताम्राकारले रोष प्रकट गर्दै भने, 'त्यस बेला मौन बसेर अहिले लाखौंको लगानीमा बनेको फिल्मलाई अडाउनु गलत हो।' फिल्मको पटकथा निर्देशक खड्गीले केके मानन्धरसँग मिलेर लेखेका हुन्। फिल्ममा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पण्डित, सुशील राजोपाध्याय, अञ्जला नकर्मी, विनोद श्रेष्ठ, उदय श्रेष्ठ लगायतले खेलेका छन्।
प्रकाशित मिति: २०७१ फाल्गुन १३ ०९:०२
source-http://www.ekantipur.com/
No comments:
Post a Comment